काठमाडौं, २४ फागुन । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पहिलोे जित दर्ता गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा सोमबार काठमाडौं मेयर–११ लाई ५ विकेटले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।
काठमाडौंले दिएको १ सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । आर्मीको जितमा सोमपाल कामीले ८०, कुशल मल्लले २३ र भिम सार्कीले १६ रन बनाए । काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले २÷२ विकेट लिए ।
यो खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो । काठमाडौंका सौरभ खनालले ४२, र सन्दीप रजालीले ३७ रन बनाए । आर्मीका शाहब आलमले ३९ रन खर्चिएर ४ र जितेन्द्र मुखियाले ३ विकेट लिए ।