'मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न

काठमाडौं,१६ फागुन । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न भएको छ । काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको प्रदर्शनी (आज) बुधवार सम्पन्न भएको हो । राष्ट्रिपति रामचन्द्र पौडेलले गत फागुन ५ गते प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको समापन समारोहलाई सम्बोधन गर्नुभयो ।

आयोजककाअनुसार प्रदर्शनीमा विभिन्न ५१ देशका १३७ चित्रकारले बनाएका दुई सय १३ वटा भन्दा बढी चित्रहरू समावेश रहेका दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनु भयो । उहाँकाअनुसार शुरुमा ४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरुको वर्कसप खोटाङमा पाँच दिने लाइभ पेन्टिङ भएको बताउनु भयो । सो प्रदर्शनीपछि अन्य देशका चित्रकारहरुसँग सम्पर्क गरी ५१ देशका १३७ चित्रकारहरुले कोर्नुभएका चित्रहरु प्रदर्शनमा राखेको बताउनु भयो । चित्रकला प्रदर्शनीले खोटाङ र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताउनु भयो । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवद्र्धन गर्ने र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरुको वर्कसप खोटाङमा वर्कसप गरेका थियौँ, त्यो पाँच दिने लाइभ पेन्टिङ भएको थियो । दिक्तेल आसपासमा चित्र कोर्नुभयो । यो बीचमा अन्य देशसँग पनि सम्पर्क गरेर ५१ देशका १३७ जना चित्रकारहरुले बनाउनुभएका चित्र छन् । फागुन ५ गतेबाट शुभारम्भ भएर आज सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्नुभएको छ । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ । २१३ वटा चित्र रहेका छन् । यि चित्र दिक्तेल लगेर संग्रहालयका रुपमा विकास गर्नेछौँ । दिक्तेल पेरिफेरिका छन् । साथै जिल्लाभरका पनि छन् । हाम्रो नगरपालिका र खोटाङ जिल्लाका ऐतिहासिक तीर्थस्थलको चित्र छ ।’

प्रमुख भट्टराईले चित्रलाई दिक्तेलमा संग्रहालयका रुपमा विकास गर्ने बताउनु भयो । उहाँले दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका र खोटाङ जिल्लाभरका ऐतिहासिक तीर्थस्थलहरुलाई चित्रमा उतारिएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);