बिउ बिजनको गुणस्तर जाँच्न नसके कृषि क्रान्ति हुँदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिउ बिजनको गुणस्तर जाँच्न नसके कृषि क्रान्ति हुँदैन

काठमाडौं, १० पुस । सांसदहरुले बिउ बिजनको गुणस्तर नै जाँच्न नसके कृषि क्रान्ति हुन नसक्ने बताएका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गर्दै सांसदहरुले बिउ बिजनको डिएनए र फिंगर प्रिन्ट गर्न नसके कृषि उत्पादनमा क्रान्ति हुन नसक्ने बताएका हुन् ।

सांसद दलबहादुर रानाले डिएनए, फिंगर प्रिन्ट प्रत्येक वर्ष गर्नुपर्ने बताउनुभयो । त्यसका लागि प्रत्येक प्रदेशमा आधुनिक प्रयोगशाला निर्माण हुनुपर्ने र त्यसका लागि विधेयकमै प्रदेश सरकारलाई अधिकार दिनुपर्ने बताउनुभयो ।

सांसद सत्यनारायण खनालले प्रदेशहरुमा समन्वय गर्ने अधिकार र अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्ने अधिकार केन्द्रमा राखी बिउ बिजन परिक्षण र व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताउनुभयो । सांसद शान्तीमाया तामाङ पाख्रीनले बिउनै भएन भने उत्पादन नहुने र यसअघिका घटना फेरी दोहोरिने बताउनुभयो ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले सबै प्रदेशमा एक एक वटा बिउबिजन सम्बन्धी प्रयोगशाला रहेको, प्रदेश ५ मा २ वटा रहेको र निजी क्षेत्रबाट पनि ५ वटा प्रयोगशाला सञ्चालित रहेकाले यो विषयमा थप छलफल गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

बैठकमा कृषि सचिव डा. युवकध्वज जिसीले बिउ बिजन परिक्षणका आफ्नै नियमहरु रहेकाले निजी क्षेत्रलाई पनि समेटनेगरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिनुभयो । समितिमा बिहीबार मूल ऐनको दफा ९ मा रहेको बीउ बिजन परीक्षण प्रयोगशालको स्थापना सम्बन्धी संशोधनमाथि छलफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);