कलंकी नागढुंगा सडक खण्डमा सर्बसाधारणले हैरानी ब्यहोर्नुु परेको ४ बर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कलंकी नागढुंगा सडक खण्डमा सर्बसाधारणले हैरानी ब्यहोर्नुु परेको ४ बर्ष

kalanki nagdhunga

काठमाडौं, २५ साउन । कलंकी नागढुंगा सडक खण्डमा सर्बसाधारणले हैरानी ब्यहोर्नुु परेको ४ बर्ष भैसकेको छ । सडक बिग्रिदा स्थानीय मात्र हैन ब्यापारी,सडकमा यात्रा गर्ने यात्रुले दिनहु सास्ती खेप्नुपरेको छ ।

मन्त्रीले सडकको निरीक्षण पनि गरे तर समस्या ज्यूकात्यू छ । कलंकी नागढुुगा सडक राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरका जिल्ला जान प्रयोग हुने मुख्य राजमार्ग हो । तर, त्यही राजमार्ग चार वर्षदेखि बिग्रदा स्थानीय, ब्यापारी सवारी साधन र सवारी साधनमा यात्रा गर्नैले हैरानी ब्यहोर्नुु परेको छ । घाम लाग्दा धुलोको मुस्लो र पानी पर्दा हिलाम्मे हुने यो सडकको अवस्थाले सबैजनाले हैरानी ब्यहोर्नु परेको छ ।

प्रंधानमन्त्रीले सडकको खाल्डाखुल्डी पूर्न निर्देशन दिएपछि दुुइहप्ता अघि सडकको अवस्था अवलोकन गर्न पुगेका भौतिकपूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेले सडक चाँडै बनाउने आश्वाशन दिएका थिए । मन्त्री आस्वासन दिएर फर्किएपछि आफ्नै नियमित काममा व्यस्त छन् । तर, सडकको अवस्था अहिलेसम्म जस्ताको तस्तै छ । त्यसैले पनि होला त्यही वेला स्थानीयले मन्त्रीको आश्वासन कार्यान्वयन हुनेमा आसंका प्रकट गरेका थिए । उनीहरुको असंका सहि र मन्त्रीको आश्वासन आश्वासनमा सिमित भएको छ ।

घाम लाग्दा धूलोको मुस्लो अनि पानी परेपछि हिलोमा गाडीने खतरा, त्यसमाथि पटयारलाग्दो जामले त्यहाँ पुगेको जो कोही निशास्एिर फर्कने गर्छन् । तर यही ९ किलोमिटर पार गर्न १ देखि साढे १ घण्टासम्म लाग्छ । लामै जाम परेका बेला त कहिलेकाहिँ ९ घण्टा समेत लाग्छ । स्थानीयको दैनिकी समेत बाटोको समस्या र जामका कारण प्रभावित हुने गरेको छ । मन्त्री रघुवीर महासेठले भदौ १२ गतेसम्म सडक कालोपत्रे गरिसक्न निर्देशन दिएर नसके कारवाही गर्ने समेत चेतावनी दिएका थिए । अव हेर्नुछ भदौ १२ सम्म सडक कालोपत्रे हुन्छ वा जिम्मेवार निकायका अधिकारीहरु कारवाहीमा पर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);