चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न राजपाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न राजपाको चेतावनी

rajapa

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारसंग आग्रह गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन तथा लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दै आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराउनुभयो ।

सांसद कर्णले सरकारले रोष्टम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप समेत लगाउनुभयो । उहाँले सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद कर्णले लोकतन्त्रको हत्या गर्ने काममा उद्यत नहुन सरकारलाई सचेत समेत गराउनुभयो ।