पर्याप्त छलफल नगरी विधेयक ल्याएकोमा नेकपाका सांसद तामाङको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्याप्त छलफल नगरी विधेयक ल्याएकोमा नेकपाका सांसद तामाङको आपत्ति

sherbahadur-tamang

काठमाडौं, ४ असार । सत्तारुढ दल नेकपाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी विधेयकहरु ल्याउने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

नेकपाका प्रतिनिधिसभाका सांसद तामाङले पर्याप्त छलफल र तयारीविना नै विधेयक आएकाले सरकारले ल्याएका पछिल्ला विधेयकहरु विवादमा तानिएको पनि स्पष्ट पार्नु भयो । बुधबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ कुराकानी गर्दै उहाँले सत्तारुढ दलकै सांसदहरुले समेत सरकारले हतार गरेर ल्याएको विधेयकको विरोधमा बोल्नु परेको पनि स्मरण गराउनु भयो ।

सांसद तामाङले विधेयकलाई व्यवस्थित बनाउन संसदभित्रै ड्राफ्ट गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो । सरकारले पछिल्लो पटक संघीय संसदमा पेश गरेको गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक विवादमा तानिएको छ । सांसद तामाङले ती विधेयकहरु पर्याप्त तयारी विनानै आएकाले विवादमा तानिएको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);