गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न माग

काठमाडौं, ४ असार । गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ ।

समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धि भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय अन्तरगत राख्न सरकारसँग माग गर्नु भएको हो । बुधबार गुठीयारहरुले काठमाडौंको माईतीघर मण्डला आयोजना गरेको विशाल प्रर्दशन कार्यक्रममा बोल्दै उहाँले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गर्नु भयो ।

संयोजक श्रेष्ठले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पनि स्पष्ट पार्नु भयो । नेवार समूदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास सरकारले गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको उहाँको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);