सञ्चारमाध्यममा बोलीले अमर्यादित शब्दप्रति प्रधानमन्त्रीको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सञ्चारमाध्यममा बोलीले अमर्यादित शब्दप्रति प्रधानमन्त्रीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओली

तेजना पण्डित

काठमाडौं, ४ असार । संचार माध्यमहरुमा बोलिने शव्दहरु अमर्यादित हुँदै गएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गर्नु भएको छ । पछिल्लो समय संचार माध्यमहरुमा प्रयोग गरीने आदरार्थी शव्दहरु हराउंदै गएको समेत प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक टिप्पणी भइरहेको छ । भाषा विज्ञहरुले भने देशको प्रमुख कार्यकारीले नेपाली भाषाको विषयमा चिन्ता लिनु सकारात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संचार माध्यमले प्रयोग गर्ने भाषामा तपाई भन्ने शव्दको प्रयोग हुन छोडेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । सामाजिक संजालको सिको गर्दै मूलधारका संचार माध्यमहरु पछिल्लो समय अमर्यादित भैरहेको भनी प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्नु भएको हो ।

वर्तमान अवस्थामा सञ्चार माध्यमबाट सामाजिक मुल्य, मान्यता, सभ्यता शिष्टता हराउँदै गएको र यिनै सञ्चारमाध्यममा बोलिएका कुराले भावी पीडिलाई समेत असर पर्ने प्रधानमन्त्रीको तर्क छ ।

प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्तिलाई लिएर सामाजीक सञ्जाल प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । साामाजिक सञ्जालमार्फत आलोचना र समर्थनका शव्दहरु आइरहेका वेला नेपाली भाषा विज्ञहरुले भने प्रधानमन्त्रीको अभिव्यक्तीलाई सकारात्मक भनेका छन् ।

नेपाली भाषा पछिल्लो समयमा खस्किदै गइरहेको अवस्थामा समाजको चित्रण गर्ने सञ्चार माध्यम भएकाले उसले प्रयोग गर्ने शव्दहरुमा विशेष ध्यान दिनुपर्ने वरिष्ठ पत्रकार शरदचन्द्र वस्तीको भनाइ छ ।

पछिल्लो समय सञ्चार माध्यममा प्रयोग गरिएका भाषाको विषयमा प्रश्न उठ्नुलाई सबैले गम्भीर रुपमा लिएका छन् । सञ्चार माध्यमहरुले यसलाई अब बहसको विषय बनाइ अघि बढ्नुपर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको सुझाव छ ।

खासगरी संचार माध्यमहरुले राष्ट्रपति तथा प्रधानमन्त्री लगायतलाई तिमी भनी सम्बोधन गरिएकोमा संचार माध्यमले प्रयोग गर्ने भाषामाथि प्रश्न उठेको हो । प्रश्न मात्र उठेको छैन अहिले प्रधानमन्त्री तहबाट नै चिन्ता व्यक्त गरिएको छ ।

त्यतिमात्र होइन भाषाविद तथा जानकारहरुले त नेपाली भाषामाथि अतिक्रमण सुरु भएको र त्यसमा संचारमाध्यमहरुले साथ दिएको आरोप समेत लगाउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);