शिक्षा क्षेत्रमा २० प्रतिशत बजेटको व्यवस्था गर्न माग | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेटको व्यवस्था गर्न माग

budget

काठमाडौं, ६ जेठ । शिक्षकहरुले शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । नेपाल शिक्षक महासंघले आईतबार काठमाडौंमा सांसदहरुसँग अन्तरक्रिया कार्यक्रम गरी शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका हुन् ।

बाम नेतृत्वको सरकारले चुनावका बेला जारी गरेको घोषणापत्र अनुसार पनि शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुटयाउनुपर्ने उनीहरुको माग छ ।
नेपाल शिक्षक महासंघले तत्काल अस्थायी शिक्षकहरुलाई स्थायी गर्नका लागि आन्तरिक परिक्षा लिन पनि सरकारलाई दबाब दिएको छ ।

महासंघले माध्यामिक तहको विद्यालयलाई स्थानीय तह मातहतमा नराख्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । महासंघले शिक्षकको तलव, भत्ताको निर्धारण गर्ने काम पनि केन्द्रिय सरकारले नै गर्नुपर्ने अडान दोहोर्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);