कैलाली र कञ्चनपुरका कृषक सागवानको विरुवामा आकर्षित | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

कैलाली र कञ्चनपुरका कृषक सागवानको विरुवामा आकर्षित

पाण्डव पुजारा

कैलाली, १२ फागुन । कैलाली र कञ्चनपुरका कृषक सागवानको विरुवा रोप्न आकर्षित भएका छन् । तरकारी खेतीबाट आम्दानी नभएको भन्दै कृषकहरु सागवानको विरुवा रोप्न आकर्षित भएका हुन् । अन्य रुख भन्दा सागवान बलियो र फर्निचरका सामन बनाउन उपयोगी मानिन्छ ।

स्थानीय भाषमा सगुन र टिक नामले सागवान परिचित छ । तरकारी खेतीबाट आम्दानी नभएपछि कैलाली र कञ्चनपुरका कृषकहरु सागवानको विरुवा रोप्न थालेका हुन् । धान गहुँ र अन्य बालीबाट आम्दानी नभएपछि सागवानको विरुवा रोपेको कृषकहरु बताउँछन् ।

स्थानिय दिल्ली रानाको खेतबारीमा सागवान बोटविरुवाहरु हुर्केको देखेपछि अरु कृषकहरुले पनि आफ्नो खेतबारीमा सागवानको विरुवा रोपेका हुन् ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका कृषकले पनि काठबाट राम्रो आम्दानी हुने भन्दै सागवानको विरुवा रोप्न थालेका हुन् ।

शिवशक्ति वायो प्लान्टिक प्राईभेट लिमिटेडका अनुसार कैलालीको लम्कि, चौमाला, फुलवारी, मालाखेती, र कञ्चनपुरको पुनर्वास, बेलौरी, कृष्णपुरका कृषकले सागवानको विरुवा रोपेको छन् ।

कृषकको आर्थिक स्तर सुधार्न र पर्यावरणलाई हराभरा बनाउने उद्दश्यले सागवानको विरुवा बजारमा ल्याएको शिवशक्ति वायो प्लान्टिक प्राईभेट लिमिटेडले जनाएको छ ।

नेपालभर ४ करोड विरुवा रोपिएकोमा कैलाली र कञ्चनपुरमा मात्रै १५ लाख वटा विरुवा रोपिएको छ । सागवानको विरुवा रोपेको १२ बर्षभित्र काठ उत्पादन गर्न सकिन्छ ।

ताजा समाचार