डा सुरेन्द्रकुमार यादवद्वारा सवै प्रदेशमा आयुर्वेद अस्पताल खोल्ने योजना रहेको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डा सुरेन्द्रकुमार यादवद्वारा सवै प्रदेशमा आयुर्वेद अस्पताल खोल्ने योजना रहेको भनाई

dr surendra

काठमाडौं, १९ कात्तिक । सरकारले सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने योजना अघि सारेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन् । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रादेशिक अस्पताल सबै प्रदेशमा स्थापना गर्नका लागि मन्त्रीपरिषद बैठकमा प्रस्ताव लगिएको पनि जानकारी दिए ।

आयुर्वेद अस्पतालमा लगानी गर्नका लागि सरकारले उपयुक्त वातावरण निर्माण गर्ने राज्यमन्त्री यादवको भनाई छ । राज्यमन्त्री यादवले सबै गाउँपालिकामा पनि आयुर्वेद अस्पताल स्थापना गर्न ढिलाई नगर्ने पनि बताए । उनँले आयुर्वेद क्षेत्रमा जनशक्ति अपुग हुने उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनका लागि आवश्यक तयारी भईरहेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);