विश्वकप २०२२ को छनौटमा पोर्चुगलले जित दर्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

विश्वकप २०२२ को छनौटमा पोर्चुगलले जित दर्ता

एजेन्सी, १८ चैत । मंगलबार राति सम्पन्न युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गरि पोर्चुगलले जित दर्ता गरेको हो ।

३० औँ मिनेटमा रोड्रिग्वेजको गोलबाट लग्जेम्बर्गले सुरुवाति अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डिओगो जोटाले पोर्चुगलका लागि बराबरी गोल गरे ।

क्रिष्टियानो रोनाल्डोले ५० औँ मिनेटमा गोल गरेपछि पोर्चुगलले खेलमा अग्रता लियो। ८० औँ मिनेटमा अल्भेस पालहिन्हा गोन्काल्भेसले गोल गरेपछि पोर्चुगलले ३–१ को जित निश्चित गरेको हो।

तीन मध्ये दुई गोलमा जित दर्ता गरेको पोर्चुगल सात अंकसहित समूहको शीर्ष स्थानमा छ ।

समूह ए अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा सर्बियाले अजरबैजानलाई २–१ ले पराजित गरेको छ ।

Leave a Reply

ताजा समाचार