जल तथा हवाई सेनाका प्रमुखहरुले दिए सामूहिक राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जल तथा हवाई सेनाका प्रमुखहरुले दिए सामूहिक राजीनामा

एजेन्सी, १८ चैत । ब्राजिलमा स्थल सेना, जल सेना तथा हवाई सेनाका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोसँगको असहमतिका कारण उनीहरुले राजीनामा दिएका हुन् ।

राष्ट्रपति बोल्सोनारोले सेनामा अनावश्यक रुपमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा स्थल, जल तथा हवाई सेनाका प्रमुखले राजीनामा दिएको बताइएको छ ।

राजीनामा दिनेमा जनरल एड्सन लिएल पुजोल, एडम इल्क्वेस बार्बोसा र लेफ्टिनेन्ट एन्तोनिओ कार्लोस बेर्मुडेज रहेका छन् ।

यसअघि सोमबार बोल्सोनारो मन्त्रिपरिषद्का विदेश र रक्षा मन्त्रीले राजीनामा दिएका थिए । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको प्रयास कमजोर भएसँगै राष्ट्रपति बोल्सोनारोको आलोचना हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);