तेस्रो सताक्षी गोल्ड कपको उपाधी मछिन्द्रलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तेस्रो सताक्षी गोल्ड कपको उपाधी मछिन्द्रलाई

sataksi gold cup

झापा, ११ फागुन । सहिद स्मारक ’ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको हो ।

मछिन्द्रको जितमा विमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गोल गरेका थिए । उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ । उपविजेता थ्रीस्टारले ३ लाख प्राप्त गर्यो ।

मछिन्द्रले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी तथा लिग उपविजेता त्रिभुवन आर्मी क्लबलाई २–० ले हराएको थियो ।थ्री स्टारले भने आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले हराएको थियो ।

फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द तामाङ घोषित भए । त्यसैगरी उत्कृष्ठ गोलकिपरको उपाधि मच्छिन्द्रकै बिशाल श्रेष्ठले प्राप्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);