न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारत १० विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारत १० विकेटले पराजित

एजेन्सी, १२ फागुन । न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारत १० विकेटले पराजित भएको छ । न्युजिल्याण्डको विलिङटनमा टेष्टको चौंथो दिन सोमबार भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको हो ।

भारतको दोस्रो इनिङ् १ सय ९१ रनमा समेटिएपछि जितका लागि ९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले कुनै विकेट नगुमाएर पुरा गरेको हो ।

भारतको दोस्रोे इनिङ १ सय ९१ रनमा समेट्न न्युजिल्याण्डका टिम साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट लिए ।

टेष्टको पहिलो इनिङमा भारतले १ सय ६५ र न्युजिल्याण्डले ३ सय ४८ रन बनाएका थिए ।

यससँगै न्युजिल्याण्डले टेष्ट क्रिकेटमा १०० औं जित निकाल्न सफल भएको छ । जितसँगै २ खेलको टेष्ट सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);