आर्सनल एफए कपको क्वार्टर फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आर्सनल एफए कपको क्वार्टर फाइनलमा

arsenal fa cup

एजेन्सी, २० फागुन । आर्सनल एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्स माउथलाई २–० ले हराउँदै आर्सनल अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

पोर्ट्स माउथको मैदानमा भएको खेलमा ७३ प्रतिशत बल पोसेसन बनाएको आर्सनलका लागि सोक्रिटस पापास्थाथोपाउलस र इडी एनकेतियाले एक एक गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा पापा स्थाथोपाउलसल आर्सनललाई अग्रता दिलाए । ५१ औं मिनेटमा एनकेतियाले गोल गर्दै आर्सललाई २–० को अग्रता दिलाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);