आइसीसी विश्वकप: न्युजिल्याण्डद्वारा श्रीलंका पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आइसीसी विश्वकप: न्युजिल्याण्डद्वारा श्रीलंका पराजित

new-zealand-sri_lanka

काठमाडौं, १९ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्याण्डले सुखद सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा श्रीलंकलाई १० विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । इंग्ल्याण्डको कार्डिफमा भएको खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई दिएको १ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६ ओभर १ बलमा विना विकेट १ सय ३७ रन पूरा गरेको थियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्तिल र कोलिन मुन्राले नट आउट अर्धशतकीय पारी खेलका थिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो । श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने नट आउट अर्धशतकीय पारी खेलेका थिए । ८४ बल खेलेका उनले ४ चौकाको सहयोगमा ५० रन बनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);