आईपीएल टी–ट्वान्टीः रोयल च्यालेन्जर्स बैंगलोरसँग सनराइजर्स हैदराबाद पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आईपीएल टी–ट्वान्टीः रोयल च्यालेन्जर्स बैंगलोरसँग सनराइजर्स हैदराबाद पराजित

एजेन्सी, ६ असोज । युएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

सोमबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो । हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन बनाए । कप्तान डेभिड वार्नर ६ रनमा आउट भए ।

हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २÷२ विकेट लिए भने डेल स्टेनको नाममा एक विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । पडीक्कल ५६, फिन्च २९, रनमा आउट भए । यस्तै डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान विराट कोहली १४ रनमा आउट हुँदा शिवम डुबेले ७ रन बनाए । हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १÷१ विकेट लिए । जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);