कम्युनिटी शिल्डको उपाधि आर्सनललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २३ , काठमाण्डौँ । आर्सनलले चेल्सीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराएर कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । खेलमा चेल्सीका लागि पहिलो गोल भिक्टोर मोसेसले ४६ औँ मिनेटमा गरेका थिए । ८० औँ मिनेटमा चेल्सीका पेड्रो रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनलका सिड कोलासिनाकले बराबरी गोल फर्काए । कोलासिनाकको गोलसँगै खेल निकै आक्रामक बनेको थियो । दुवै टिमले केही राम्रा अवसर गुमाए । टाइब्रेकरमा चेल्सीको प्रदर्शन खराब हुँदा टिमले हार बेहोर्न पुग्यो ।

रियल मड्रिडबाट चेल्सीमा अनुबन्धित भएका अल्भारो मोराटा समेत गोल गर्न चुकेपछि आर्सनलले उपाधि जित्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);