नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै

rakhep_game

टेकेन्द्र बस्याल, वाँके, १८ कात्तिक । आगामी माघ मसान्तमा बाँकेको नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।

राष्ट्रिय खेलकुदको समय नजिकिदै गर्र्दा जिल्लामा खुल्ला प्रतियोगिता र तयारी खेलकुदहरु आयोजनामा तीव्रता आएको छ । जिल्लाका सवै ठाउँहरुमा राष्ट्रिय खेलकुद लक्षित प्रतियोगिताहरु हुँदै आएका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएपछि जिल्लामा खेलाडी छनोट, फारामभर्ने काम सुरु भएको छ । अहिले जिल्ला र क्षेत्रीय खेलाडी छनोटका लागि स्थानीय स्तरमा भएका खेलहरुले सहयोग गरिरहेको राखेपका फुटबल प्रशिक्षक रविन्द्र श्रेष्ठले बताए ।

माघ महिनामा राष्ट्रिय प्रतियोगिता हुदैछ । जसकालागि जिल्लामा रहेका फुटबलका संरचनानिर्माण, मर्मत सम्भार र पहिचान भैईरहेका छन् । निर्धारित समयमै आठौ राष्ट्रिय प्रतियोगिता सञ्चालनहुने भएपछि यो क्षेत्रमा खेलकुदको क्रेज बढेको छ । बैजनाथ ६ लालपुरमा खुल्ला फुटबल प्रतियोगिता भैईरहेको छ । जसले खेलाडी पहिचानमा मद्धत पुगेको न्यु जर्नी क्लवका संरक्षक दिलविश्वकर्माको धारणा रहेको छ ।

आठौं खेलकुदलाई लक्षित गरेर ७० करोडको भौतिक संरचना निर्माण हँदै छ । ३५ करोड रुपैया खेल आयोजनामा खर्च गरिदैछ । आठौंको राष्ट्रिय खेलकुदको उद्घाटन हुने नेपालगञ्ज रंगशाला निर्माणमा २५ करोड खर्च गरिने छ ।

जिल्लामै प्रतियोगिता संचालन हुने भएपछि स्थानीय तहलेपनि खेलकुदका लागि वजेट विनीयोजन गरेका छन । राष्ट्रिय खेलकुदमा आयोजना गरिने ३५ वटा खेलमध्ये बाँकेमा १७ खेल हुनेछन । यस्तै दाङमा ७, बर्दियामा ४, रुपन्देहीमा ६ र कपिलबस्तुमा एउटा प्रतियोगिताको गर्ने तयारी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);