कार्यकर्तालाई प्रतिव्यक्ति एक सय रुपैयाँ खातामा जम्मा गर्न एमालेको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कार्यकर्तालाई प्रतिव्यक्ति एक सय रुपैयाँ खातामा जम्मा गर्न एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ संकलन गर्ने भएको छ । चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले पार्टीका साधारण सदस्यबाट कम्तिमा एक सय रुपैयाँका दरले रकम संकलन गर्ने भएको हो ।

बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनका लागि ७ लाख ३० हजार पार्टी सदस्यबाट कम्तिमा प्रतिव्यक्ति सय रुपैयाँ खातामा जम्मा गर्न निर्देशन दिएको हो । ‘७ करोड ३० लाख रुपैयाँ अनलाइन माध्यमबाट पार्टी सदस्यले दान गर्नेछन्,’ समितिका सदस्य एवं पार्टी प्रवक्ता योगेश भट्टराईले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);