सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्ग अतिक्रमणको चपेटामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्ग अतिक्रमणको चपेटामा

डडेलधुरा, २२ माघ । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्ला जोड्ने एक मात्र भिमदत्त राजमार्ग अहिले दिन प्रतिदिन अतिक्रमणको चपेटामा परेको छ । डडेल्धुरा सदरमुकामदेखि कैलालीको खानिडाँडा सम्मको करिव ९० किलोमिटरसम्मको राजमार्गको विभिन्न स्थानमा अतिक्रमण भएको हो । भिमदत्त राजमार्गको छेउ छाउमा छाप्रा बनाउने र पछि पक्की घर निर्माण गर्ने काम भइरहेको छ ।

विगत केही वर्ष यतादेखि राजमार्गको छेउ छाउँमा जताततै खोका छाप्रा र पक्की घर निर्माण गरेको देख्न पाइन्छ । डडेल्धुरा सदरमुकामदेखि कैलालीको खानिडाँडासम्मको करिव ९० किलोमिटर राजमार्गको आसपासमा अतिक्रमण हुँदा पनि सरकारी निकायले ध्यान दिएको पार्इंदैन ।

राजमार्ग मात्र होइन अचेल छेउ छाउँमा रहेको वन समेत अतिक्रमण हुँदै गएको छ । वन अतिक्रमण गरी स्थानीयले खेतवारी बनाईरहेका छन् । डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार जिल्लामा ४ सय हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमण भएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी अतिक्रमण नियन्त्रण गर्नका लागि सम्बन्धित निकायहरुलाई पत्राचार गरिएको र बनेका संरचना छिट्टै हटाइने बताउँछन् ।

सुदूरपश्चिमकै जिल्लाहरु जोड्ने राजमार्ग दिनदहाडै अतिक्रमण हुँदा पनि राजनीतिक दल र तिनका नेता समेत नबोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजमार्ग मात्र होइन पछिल्लो समय त छेउछाउका वन क्षेत्र समेत अतिक्रमण हुँदासम्म प्रदेश सरकार पनि नबोल्नुले कतै मिलेरै अतिक्रम त भइरहेको छैन ? स्थानीयले आशंका गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);