चुरे क्षेत्र आसपासको तल्लो तटिय क्षेत्रकाे खेती योग्य जमिन संकटमा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

चुरे क्षेत्र आसपासको तल्लो तटिय क्षेत्रकाे खेती योग्य जमिन संकटमा

गोपाल पोखरेल,
उदयपुर, २१ फागुन । चुरे क्षेत्र आसपासको तल्लो तटिय क्षेत्रको मानव बस्ती र खेती योग्य जमिन संकटमा पर्दै गएको छ । चुरेक्षेत्रबाट बग्ने झण्डै डेढ दर्जन खहरे खोलाले मार्ग परिर्वतन गर्दा खेतीयोग्य जमिनको विनास हुँदै गएको हो । खहरे खोलाको मार्ग परिर्वतसंगै तल्लो तटीय क्षेत्रका मानव वस्ती समेत खतरामा पर्दै गएको स्थानीय बताउँछन् ।

माथिबाट बगेर आएका खहरे खोलाले अनियन्त्रित रुपमा गिटी बालुवा खेतीयोग्य जमिनमा थुपार्दा तल्लो क्षेत्रमा गेगर थुप्रेर खोला र नदीको सतह बढ्न गई बाढीको प्रकोप बढ्दै गएको स्थानीयको भनाई छ ।

चुरे आसपासका क्षेत्रका खेतीयोग्य जमिनमा गिटी र बालुवा थुप्रने र नदीको सतह घट्ने भएकाले यस क्षेत्रमा सिंचाईलगायत खानेपानीमा समेत कठिनाई हुँदै आएको छ । अस्थिर सतहको माटो क्षय भएकाले माटोको उर्वरता र पानी थेग्न सक्ने क्षमतामा ह्रास आएका कारण बर्षाको पानी रोक्न नसक्दा बाढी तथा सुख्खा समयमा खडेरी हुने गरेको छ ।

खहरे खोलामा पानीको सतह तलमाथि हुँदा चुरे भावर क्षेत्रका सर्वसाधारणमा खानेपानीको समस्या उत्पन्न हुने गरेको स्थानीय बताउँछन् ।

जिल्ला वन कार्यालय उदयपुरका सुचना अधिकृत लालबाबु यादवले बिगतमा भएको वन फडानीका कारण समस्या उत्पन्न भएपनि हाल आएर चुरे क्षेत्रको संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिसँग समन्वय गरेर जिल्ला वन कार्यालयले बृक्षारोपण गर्ने र वनको संरक्षण गर्ने काम भइरहेको बताए ।

चुरे क्षेत्रको वन विनासले जैविक विविधतामा समेत असर पुगेको छ । जैविक विविधताको असरले मुख्य रुपमा चुरेमा आश्रित, चुरेसंग प्रत्यक्ष एवं परोक्ष रुपमा सरोकार भएका मानव वस्ती जंगली जनावर र चराचुरुंगीमा समेत असर पर्दै गएकोले जैविक जडिबुटि र बन्यसम्पदाको संरक्षण गर्न सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);