करेन्ट लागेर एक जना पुजारीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

करेन्ट लागेर एक जना पुजारीको मृत्यु

सर्लाही । सर्लाहीको बसबरियामा करेन्ट लागेर एक जना पुजारीको ज्यान गएको छ ।

बसबरिया गाउँपालिका–६ सोहड्वामा रहेको राम जानकी मठका पुजारी विष्णु गाउँपालिका–८ बत्रौलका ६० वर्षीय किशोरी दास बैरागीको करेन्ट लागेर ज्यान गएको हो । दास सो मन्दिरमा बिगत ४५ वर्षदेखि पुजारी बस्दै आएका थिए ।

सोमबार साझ भजन किर्तनका लागि मन्दिरको बरण्डामा माइकको तार जोड्न खोज्दा करेन्ट लागेर घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);