प्रदेश ७ को सरकारले १ सय दिनको काम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश ७ को सरकारले १ सय दिनको काम सार्वजनिक

काठमाडौं, १४ जेठ । प्रदेश ७ को सरकारले १ सय दिनमा गरेको काम सार्वजनिक गरेको छ । सोमबार १ सय दिन पूरा भएको अवसरमा प्रदेश सरकारले आफूले गरेको काम सार्वजनिक गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गरे ।

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले ऐन कानुनको अभाव र सिमित श्रोत साधनमा काम गर्न कठिनाई भएपनि संघियताको जग बसाल्ने सुरुवात भएको बताए ।

प्रतिपक्ष कांग्रेसले भने प्रदेश सरकारले एक सय दिनमा जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएको छ । कांग्रेस प्रदेश ७ का सांसद रणबहादुर रावलले सरकारले जनअपेक्षा अनुरुप काम नगरे संघियतामाथी प्रश्न उठ्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);