झापा जाँदै गरेको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झापा जाँदै गरेको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु

धनुषा, १३ माघ । काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटासुमो शनिबार बिहान २ बजे दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।तीब्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर धनुषाको गणेशमान चारधाम नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गको पोर्ताहामा दुर्घटना भएको उद्दारमा सक्रिय प्रहरी निरीक्षक माधवराज काफ्लेले जानकारी दिए ।

दुर्घटनामा संखुवासभाको धर्मदेवी– ९ का २९ वर्षीय नयाराज जीवी, विराटनगर– ४ का ३५ वर्षीया शारदा रेग्मी दाहाल, खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङका ३३ वर्षीय प्रल्हाद न्यौपाने, मोरङको लेटाङ– ८ का खेमकुमार राना मगर र पाँचथरको रवि गाउँपालिका– ६ का प्रनिता राईको मृत्यु भएको छ । दुर्घटनामा घाइते ५ जनाको उद्दार गरिएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);