वारा र चितवनमा सवारी दुर्घटना हुँदा ४ को मृत्यु, २ घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

वारा र चितवनमा सवारी दुर्घटना हुँदा ४ को मृत्यु, २ घाइते

काठमाडौं, २४ कात्तिक । पूर्व पश्चिम राजमार्ग अन्तरगत वारा र चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटना परी ४ जनाको मृत्यु भएको छ ।

बारा जिल्लाको निजगढ नगरपालिका वडा नं.९ स्थित भमरा पुलमा बा.२.ज.२११७ नम्वरको ट्याक्सी र तरकारी बोेकेको ग.२.च.२३२५ नम्वरको पिकअप भ्यान एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्सी चालक भक्तपुरका २९ वर्षिय समुन्द्र श्रेष्ठ, निजगढका २५ वर्षिय विशाल माझी र निजगढकै २५ वर्षिय आकाश माझी रहेको निजगढ ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

ट्याक्सीमा सवार अन्य दुइ जना घाइतेको उपचार भैरहेको छ । गएराति करिब एक बजेको समयमा दुइ सवारी साधन एकआपसमा ठोक्किएका थिए ।

उता चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ९ हर्दीमा नम्बर नखुलेको सवारीले विहान ३ बजेतिर ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती १ का २९ वर्षीय रमेशबाबु त्रिपाठीको भरतपुर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनापछि स्थानीयको विरोधका कारण पूर्व पश्चिम राजमार्ग शनिबार बिहानै देखि अवरुद्ध हुँदा सयौं सवारी साधनबीच बाटैमा रोकिएका थिए । पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदा तिहार सकेर काठमाडौं फर्किँदै गरेका यात्रुहरु बाटैमा रोकिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);