धिरज र सुरेन्द्र बने उदयपुरका उत्कृष्ट करदाता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धिरज र सुरेन्द्र बने उदयपुरका उत्कृष्ट करदाता

उदयपुर । करदाता सेवा कार्यालय उदयपुरले वर्षभरी धेरै कर तिर्ने दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । सेवा कार्यालयले ११ औं राष्ट्रिय कर दिवसको अवसरमा सिद्धिचरण मल्टीपर्पोज प्रालि र एसके ट्रेडर्सलाई सम्मान गरेको हो । सेवा कार्यालयका अनुसार सिद्धिचरण मल्टीपर्पोजले एक वर्षमा ४५ करोड ४१ लाख कारोबार गरेर ६४ लाख ३२ हजार कर दाखिला गरेको छ ।एसके ट्रेडर्सले ३४ करोड ९३ लाख कारोबार गरेर ३७ लाख ३० हजार कर तिरेको करदाता सेवा कार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । बढी कर तिर्ने सिद्धचरण मल्टीपर्पोजका संचालक घिरज खड्का र एसके ट्रेडर्सका संचालक सुरेन्द्र गुप्तालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);