अलकायदाका प्रमुख अल जवाहिरीको मृत्यु भएको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अलकायदाका प्रमुख अल जवाहिरीको मृत्यु भएको दाबी

एजेन्सी, ६ मंसिर । विश्वकै सबैभन्दा खतरनाक आतंककारी संगठन मानिएको अलकायदाका प्रमुख अल जवाहिरीको मृत्यु भएको दाबी गरिएको छ । अलकायदाको नेतृत्वमा रहेका जवाहिरीको दमका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अलजवाहिरी अफगानिस्ताको पहाडमा लुकेर बसेका थिए । उनको सही उपचार नपाएर मृत्यु भएको जनाइएको छ । ६८ वर्षीय अल जवाहिरीको गत हप्ता अफगानिस्तानको गजनीमा मृत्यु भएको दावी गरिएको छ ।

अमेरिकी गुप्तचर एजेन्सीले भने यो दावीको थप अनुसन्धान गरिरहेको जनाइएको छ । अल जवाहिरी र अब्दुल्लाह अमेरिकी गुप्तचर एजेन्सी एफबीआईको मोस्ट वान्टेड आतंकवादीहरुको सूचीमा थिए ।

अमेरिकाले अल जवाहिरीका बारेमा सूचना दिनेहरुका लागि २करोड ५० लाख अमरिकी डलर पुरस्कार दिने घोषणा गरिएको थियो । ओसामा विन लादेन अमेरिकी सेनाको कार्वाहीमा मारिएपछि जवाहिरी सन् २०११ मा अलकायदाका प्रमुख बनेका थिए । इजिप्टमा बस्ने जबाहिरी आखाँ चिकित्सक थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);