२०१९ को पहिलो ६ महिनामा विश्वभर ३८ पत्रकार मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

२०१९ को पहिलो ६ महिनामा विश्वभर ३८ पत्रकार मारिए

एजेन्सी, २० असार । सन् २०१९ को पहिलो ६ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले जनाएको छ ।

सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको संख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्यांकमा उल्लेख छ । पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ ।

उक्त संस्थाले अझै पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको संख्या कहालीलाग्दो रहेको बताएको छ । सन् २०१९ को जनवरीदेखि जुनसम्ममा विभिन्न खाले घटनामा गरी मेक्सिकोमा नौ र अफगानिस्तानमा छ पत्रकार मारिएका जनाइएको छ ।

मध्यपूर्वी मुलुक सिरिया र इराक पछिल्लो समय द्वन्द्वका घटनामा पनि कमी आएको र पत्रकारहरूमाथिको आक्रमण पनि तुलनात्मक रूपमा कम बनेको देखिएको हो । सरकार, विभिन्न संघसंस्था तथा नागरिक समाजले पत्रकारमाथिको आक्रमणलाई कमी गर्न पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने र यसबाट आधाभन्दा बढी पत्रकारको हत्यामा कमी ल्याउन सकिने भन्दै गत बर्ष पीईसीले सोही अनुरूप अघि बढ्ने कार्यक्रमको लक्ष्य निर्धारण गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय पत्रकारहरूको समूह पीईसी गैर–सरकारी संस्था हो जसले संयुक्त राष्ट्रसंघसँगको विशेष परामर्शमा पत्रकारलाई वैधानिक संरक्षण तथा सुरक्षाका लागि द्वन्द्वरत क्षेत्रमा काम गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);