तालिवान सत्तामा साढे ६ हजार पत्रकारको जागिर चट् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तालिवान सत्तामा साढे ६ हजार पत्रकारको जागिर चट्

एजेन्सी । तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६४०० पत्रकारको जागिर गुमेको छ । गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार संघ (एआईजेए) गरेको सर्वेक्षणअनुसार तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चार माध्यममा नाटकीय परिवर्तन भएको छ । तालिवानको सत्तापलटपछि २३१ सञ्चार माध्यमहरु बन्द भएका छन् । अफगान सञ्चार माध्यममा तालिवान सत्ताको प्रभाव नाटकीय रुपमा देखिएको सर्वेक्षणमा जनाइएको छ ।

हरेक १० सञ्चार माध्यमबाट चार जनाभन्दा बढी पत्रकार पलायन भएका छन् । यस हिसाबले देशका ६० प्रतिशत पत्रकार र सञ्चार माध्यमका कर्मचारीले काम छोडेका छन् । पलायन हुनेमा ८० प्रतिशत महिला छन् । 

‘५४३ सञ्चार माध्यमहरुमध्ये नोभेम्बरको अन्त्यसम्म ३१२ ओटा मात्र सक्रीय छन् । यसको अर्थ तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चार माध्यम हराएका छन्,’ सर्वेक्षणमा भनिएको छ ।चार महिनाअगाडि मात्र अधिकांश अफगान प्रान्तमा कम्तिमा १० ओटा निजी सञ्चार माध्यम थिए । तर, अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चार माध्यम नरहेको जनाइन्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);