पहिले टीभी एंकर अहिले सडक व्यापारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पहिले टीभी एंकर अहिले सडक व्यापारी

काबुल। तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि देशले धेरै आर्थिक र राजनीतिक उथलपुथलको सामना गरेको छ । तत्कालीन हमिद करजाई सरकारमा काम गरेका कबिर हकमलको हालैको  ट्विटर पोस्टले देशका  कति प्रतिभाशाली पेसेवरहरू गरिबीमा धकेलिएका छन् भन्ने देखाउँछ।

हकमलले अफगान पत्रकार मुसा मोहम्मदीको फोटो ट्वीटरमा सेयर गरेका छन् । क्याप्सनमा हकमलले भनेका छन् की मोहम्मदी वर्षौंदेखि सञ्चार माध्यममा आवद्ध थिए । तर, अफगानिस्तानको दयनीय आर्थिक अवस्थाबीच आफ्ना आवश्यकता पूरा गर्न अहिले सडकमा खाद्यान्न बेच्दै आएका छन् ।‘मुसा मोहम्मदीले विभिन्न टिभि च्यानलहरूमा एङ्कर र रिपोर्टरको रूपमा वर्षौंसम्म काम गरे । अहिले आफ्नो परिवारलाई खुवाउने कुनै आम्दानी छैन । केही पैसा कमाउन स्ट्रीट फूड बेच्छन् । गणतन्त्रको पतनपछि अफगानीले अस्वभाविक गरिबी भोग्नुपरेको छ । ’मोहम्मदीको कथा इन्टरनेटमा अहिले भाइरल भइरहेको छ । यसले राष्ट्रिय रेडियो र टेलिभिजनका महानिर्देशक अहमदउल्लाह वासिककोसमेत ध्यान खिचेको छ । एउटा ट्वीटमा वासिकले पूर्व टीभी एन्कर र रिपोर्टरलाई आफ्नो विभागमा नियुक्त गर्ने बताएका छन् ।उनले अगाडि भनेका छन्, ‘निजी टेलिभिजन स्टेसनका प्रवक्ता मुसा मोहम्मदीको बेरोजगारी सामाजिक सञ्जालमा बढ्दै छ । वास्तवमा, राष्ट्रिय रेडियो र टेलिभिजनको निर्देशकको रूपमा म उहाँलाई भन्छु कि हामी काम गरौं।  राष्ट्रिय रेडियो र टेलिभिजनको ढाँचामालाई उहाँलाई नियुक्त गर्नुहोस् । हामीलाई सबै अफगान प्रोफेसनल चाहिन्छ ।’यसैबीच, अगस्टमा तालिबानको सत्तापलट पछि अफगानिस्तानमा मानवीय तथा आर्थिक संकट निम्तिएको छ। उनीहरुले विभिन्न सञ्चार माध्यममा धरपकड गरेका छन् । तालिबानका कारण अधिकांश महिला सञ्चारकर्मीले रोजगारी गुमाएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);