ज्याकलिनको १० करोड सम्पत्ति जफतको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ज्याकलिनको १० करोड सम्पत्ति जफतको तयारी

एजेन्सी । महाठग सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम आउनासाथ पुनः चर्चामा आएकी छन् । किनकी सुकेशले ज्याकलिनमाथि करोडौं रुपैयाँ खर्च गरेका छन् । अहिले यो मामलाको जाँच एनफोर्समेन्ट डायरेक्टरेट गरिरहेको छ ।

सुकेश मनी लन्ड्रिङ मामलामा दुई सय करोड रुपैयाँको हो । सुकेशले ज्याकलिनलाई करोडौंको उपहार दिएकाले अब इडीले उनले पाएको करिब १० करोड बराबरको सम्पति जफत गर्ने तयारी गरिरहेको छ ।

ज्याकलिनले सुकेशबाट डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा करिब १० करोड रुपैयाँभन्दा बढी उपहार पाएकी थिइन् । सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको जुत्ता, ९ लाखको चार बिरालो र ६७ लाखको घोडा जस्ता उपहार दिएका थिए । सुकेशले अर्की अभिनेता नोरा फतेहीलाई बीएमडब्ल्यू कार पनि उपहारमा दिएका थिए । जसलाई पनि इनफोर्समेन्ट डायरेक्टरेट जफत गर्ने तयारीमा छ ।

डायरेक्टरेटका अनुसार ज्याकलिन सुकेशसँग सन् २०१७ देखि सम्पर्कमा थिइन् । उनले आफ्नो परिचय दिवंगत जयललिताको परिवारसँग जोडेका छन् । इडीका अनुसार ज्याकलिनकी बहिनीले सुकेशबाट डेढ लाख डलर ऋण लिएकी छन् । यसबाहेक १५ लाख रुपैयाँ उनको भाईको एकाउण्टमा सारिएको छ । नोरा र ज्याकलिनका अलावा बलिउडका १० कलाकारको नाम सुकेश मामलामा जोडिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);