झिँगे दाउ र सम्हालिन्छ कहिले मन’ लाई उछिन्दै प्रकाश’लाई २८ सो उपलब्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

झिँगे दाउ र सम्हालिन्छ कहिले मन’ लाई उछिन्दै प्रकाश’लाई २८ सो उपलब्ध

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा चलचित्र एकैदिन रिलिज भएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा आएका हुन् ।

सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाललगायत कलाकारको अभिनय छ ।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ‘सम्हालिन्छ कहिले मन’ले २६ र ‘झिँगे दाउ’ले २७ शो पाएका छन् ।

यसैबीच, आज रिलिज भएका यी दुई चलचित्रभन्दा गतहप्ता रिलिज भएको चलचित्र ‘प्रकाश’को बढी सो छ ।

आज ‘प्रकाश’लाई क्यूएफएक्स चेनमा २८ सो उपलब्ध गराइएको छ । ‘प्रकाश’ले राम्रो प्रतिक्रिया पाइरहेकाले दर्शकको मन जित्न नसके आज रिलिज भएका दुबै चलचित्रका लागि ‘प्रकाश’ थ्रेट हुनसक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);