वामदेव गौतमद्धारा रचित गीत “यो बुद्ध भूमि” सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वामदेव गौतमद्धारा रचित गीत “यो बुद्ध भूमि” सार्वजनिक

काठमाडौं, ११ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेकपाका उपाध्यक्ष वामदेवद्धारा रचित गीत ‘यो बुद्ध भूमि’को भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक गरिएको गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ।

गाैतमले लेख्नुभएको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भर्नुभएको छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुनुहुन्छ । गीतमा रोशनराज गुरुब ,माण्डवी त्रीपाठी र अंजना गुरुबलगायतको स्वर रहेको छ । दीर्घ गुरुबले खिचेको गीतलाई जीवन थापाले सम्पादन गर्नुभएको छ ।

त्यस्तै गौतमले आफ्ना ४३ गीतहरुलाई एकीकृत गरि गीति संग्रह पनि प्रकाशनमा ल्याउनुभएको छ । जसमा सार्वजनिक भएका गीतहरु र हुन बाँकी सबै समावेश गरिएको छ । विशेष त गीतहरु राष्ट्रिय भावहरुले भरिएका शब्दहरुमा बढि रचित छन् । त्यस लगायत कला साँस्कृतिक, सामाजिक र आर्थिक उन्नतीका लागि पनि रचित गरिएको छ ।

राजतन्त्रको अन्त्य पछि उदय भएको लोकतन्त्रको शुरुवातमा पुरानो राष्ट्रिय गीतलाई परिवर्तन गर्न नयाँ राष्ट्रिय गीतको विकल्प खोजियो । जसको लागि साहित्यकार मोदनाथ प्रश्रित निर्णायक समितिमा रहनुभएको थियो । उक्त प्रतिष्पर्धाको लागि गौतमले पनि “प्राण प्यारो देश नेपाल” बोलको गीत लेखेर पठाउनुभएको थियो । तर, उक्त गीत छनौटमा भने परेन । त्यहिँबेलादेखि गौतमको गीति यात्रा शुरु भएको थियो ।

विद्यालयस्तरदेखिनै गीत संगीत र कवितामा रुची राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पुरा भएको बताउनुभएको छ । उहाँले सानै बेलादेखिको रुचीलाई अहिले राजनीतिसँगै अघि बढाईरहेको पनि बताउनुभएको छ ।

गीतियात्राको बारेमा गौतमका केही भनाईहरु

छन्द कविता र गीति लेखन– यी दुई विषय मेरो जीवनको प्रारम्भकालीन रुचीका थिए । विद्यालय जीवनदेखि नै कविताप्रति मेरो विशेष रुची र प्रयास रहँदै आयो । विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो । तर, त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छनै । ०४६ सालमा हासिल भएको प्रजातान्त्रिक उपलब्धीपछि हामी संसदीय अभ्याससहित राजनीतिक यात्रामा तल्लिन रह्यौँ । यसक्रममा राष्ट्र, राष्ट्रियता र जनजीविकाका अनेकन सवालमा हामीले पार्टी नीतिको अधिनमा रहेर भरमग्दुर भूमिका निर्वाह ग¥यौं । तर, २०५८ सालमा राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रजातान्त्रिक सरकार अपदस्थ गरे । यसपछि हामी राजाबाट भएको प्रतिगमनविरोधी आन्दोलनमा जुट्यौँ । जनआन्दोलन २०६२÷०६३ पछि हामीले राजतन्त्रसँगै सामन्तवादी सत्ता र संस्कृतिमाथि विजय हासिल ग¥यौँ । वर्षौंदेखि पुरानो सत्ता, विशेष गरी राजा–महाराजाको स्तृतिमा आधातिर भाका र भाषामा आधारित राष्ट्रिय गान चलन चल्तीमा थियो । तर, परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गानको विकल्प खोजियो । नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो । यो सन्दर्भमा मभित्र रहेको काव्य चेत वा गीति चेत प्रष्फुटन गर्ने मौका मिल्यो । मैले उक्त प्रतिष्पर्धामा भाग लिएँ । नेपाली साहित्यका धरोहरका रुपमा समेत सुपरिचित आदरणीय क.मोदनाथ प्रश्रित उक्त प्रतिष्पर्धाको छनौट समितिमा हुनुहुन्थ्यो ।

मैले ‘प्राण प्यारो देश नेपाल’ शीर्षकमा गीत लेखेर पठाएँ । उत्तम गीत उत्कृष्ट सातभित्र पनि परेन । तर, त्यही गीत मेरो गीति यात्राको प्रारम्भ बन्न पुग्यो । यसै सन्दर्भमा मेरो गीति यात्रा’ नाममा एउटा सानो पुस्तिका पनि प्रकाशित भएको छ । त्यसमा ४३ गीत संकलित छन् ।
(वामदेव गौतम)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);