नेपालमा पब्जी खेल प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नेपालमा पब्जी खेल प्रतिबन्ध

pubg

काठमाडौं, २९ चैत । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । पछिल्लो समय युवापुस्ता पब्जी खेलमा मस्त हुन थालेका छन् ।

विभिन्न अध्ययनहरुले पब्जी खेलले मानसिक समस्या हुने उल्लेख गरेको छ । भारतलगायत विश्वका कतिपय मुलुकमा पब्जीकै कारण युवाहरुको मृत्यु समेत भएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);