इजरायलमा मारिएका दिपेश विष्टको महाकाली नदीमा अन्त्येष्टी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

इजरायलमा मारिएका दिपेश विष्टको महाकाली नदीमा अन्त्येष्टी

काठमाडौं, ७ कात्तिक । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्च्नपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका दिपेश विष्टको महाकाली नदीमा अन्त्येष्टी गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत ईजरायल पुगेका दिपेश विष्टको अन्त्येष्टिसंगै परिवार र सिंगो टोल शोकमा डुबेको छ । आगँनमा शव पुग्दा परिवार र आफन्तको मात्र होइन सिंगो टोलबासीका आँखा रसाएका थिए ।

आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दिपेशको शव सोमबार अन्त्येष्टि गरिएको हो । दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको भीमदत्त नगरपालिका– १५ मा समेत बसाइ रहेको छ । कक्षा–१ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृतिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताउनुभयो ।

महेन्द्रनगरको रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह पास गरेका दिपेशको सपना भाईलाई डाक्टर पढाउने थियो । दिपेश चार वर्षको हुँदा उनका बुवाको मृत्यु भएको थियो । शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्युभएपछि दिपेशको पालनपोषण आमा पार्वतीले गर्दै आउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);