गाउँमा लिची खेती गरेर युवाहरु व्यवसायिक बन्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

गाउँमा लिची खेती गरेर युवाहरु व्यवसायिक बन्दै

काठमाडौं, ७ कात्तिक । गाउँमा नै लिची खेती गरेर इलाम चुलाचुलीका युवाहरु व्यवसायिक बन्दै गएका छन् । गाउँपालिकाले किसानको योगदानका आधारमा लिचि जोन बनाउन पहल गर्ने भएसंगै उनिहरु लिची खेतीतर्फ आकर्षित भएका हुन् ।

इलामको चुलाचुली गाउँपालिका लिची खेतीको पकेट क्षेत्रका रुपमा विस्तार हँुदै गएको छ । चुलाचुली गाउँपालिकामा उत्पादन भएको लिचि र विरुवा देशैभर विक्रि वितरण हुन थालेपछि यहाँँका किसानहरु व्यवसायिक खेतीमा लागेका हुन् । स्वदेशमै कृषि उद्यम गर्ने उद्देश्यले यहाँका अधिकांस स्थानीयहरुमा लिचीको बगान विस्तार गर्ने होडबाजी नै चल्न थालेको छ । किसानहरुले लिचीको फल मात्र नभएर अहिले लिचीका बोटमा विरुवा उत्पादनका लागि कलमी अर्थात एयर लेयरिङ गर्न थालेका छन् । बगानको लिची देशभर विक्रि वितरण हुन थालेपछि उनिहरु प्रोत्साहित भएका छन् ।

गाउँभर नै विस्तार भएको लिची एक विगाहा जमिनमा दुई सय बोटसम्म लगाउन सकिन्छ । । सिडलेस लिचि, चाइनिज लिचि र मुज्जप्mरपुर जातका लिचि किसानहरुले लगाएका छन् । वार्षिक एक बोट लिचीबाट १२ हजारसम्म आम्दानी हुने गरेको छ । गाउँपालिकाले किसानको योगदानका आधारमा लिचि जोन बनाउन पहल गर्ने जनाएको छ ।

लिचीका कलमी बिरुवा चार सय रुपैया प्रतिगोटा घरबाटै विक्रि हुने गरेको छ । धेरै मात्रामा उन्नत जातका लिचिको विरुवा माग भएकाले विरुवाबाट पनि राम्रो आम्दानी गर्न सकिने किसानहरुको अनुभव छ । हावापानी सुहाउँदो क्षेत्र भएकाले लिची खेती र प्रविधिमा सरकारी लगानी आवश्यक छ । उत्पादन बढेसँगै बजारको समस्या हून नदिन नदिन स्थानीय सरकारले पनि बजारको खोजीमा सहयोग गर्नु पर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);