लुम्बिनीमा मंगलबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

लुम्बिनीमा मंगलबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

बुटवल । लुम्बिनी प्रदेशमा २२ चैत अर्थात मंगलबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रदेशमा खोप लगाउनुपर्ने १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकाको जनसंख्या १३ लाख छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनीमा १३ लाख १३ हजार ९८९ लाई टायफायडोीरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिए ।

उनले टाइफाइडबाट बच्नका लागि थाइपोइड खोप लगाउने तयारी भएको जानकारी गराए । उनले भारतमा उत्पादित खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन आग्रह गरे ।

खोप अभियान २८ चैतसम्म सञ्चालन हुनेछ । विद्यार्थीको वार्षिक परीक्षा भएकोले वैशाख अघि नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ । दूषित पानीको कारणले लाग्ने टाइफाइड, अस्पताल भर्ना हुनेको कारणमध्ये चौथो कारण भएकोले अभियान नै सुरु गरेर कार्यक्रम गर्न लागिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।

यो अभियान पहिलो पटक चलेको बताउदै आगामी दिनमा नियमित लगाउन मिल्नेगरी अगाडि बढिने उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);