हेलमेटसम्बन्धी नयाँ नियम तत्काल लागू नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हेलमेटसम्बन्धी नयाँ नियम तत्काल लागू नहुने

traffic

काठमाडौं, ८ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने व्यवस्था तत्काल लागू नहुने जनाएको छ । दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेलमेट लगाउनुपर्ने नियमको सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि ट्राफिक प्रहरीले उक्त नियम तत्काल लागू नहुने स्पष्ट पारेको हो ।

सोमबार ट्वीटरमा सूचना जारी गर्दै ट्राफिक प्रहरीले भनेको छ, ‘उच्च गुणस्तरको हेलमेटको प्रयोग भएमा दुर्घटनाबाट हुने क्षति न्यून हुनसक्ने र यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्यपश्चात् कार्यान्वयन हुने व्यहोरा अनुरोध ।’

यसअघि, आइतबार मात्रै ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन गरेर आगामी असारदेखि उक्त नियम लागू हुने जनाएको थियो । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम यो नियम ल्याइएको बताएका थियो । यो समाचार आजको हिमालय टाइम्स दैनिकमा लेखेको छ ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले सडक दुर्घटनामा चालकभन्दा पछि बस्नेको ज्यान जाने खतरा बढी देखिएका कारण यात्रुको सुरक्षाका लागि पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको बताएका थिए । उनले असारदेखि मोटरसाइकल चालक र यात्रुले गुणस्तर तथा नापतौल विभागबाट राष्ट्रिय गुणस्तर चिह्न प्राप्त हेलमेट प्रयोग गर्नुपर्नेसमेत बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);