शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको भन्दै महानगरिय प्रहरीको गम्भीर ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको भन्दै महानगरिय प्रहरीको गम्भीर ध्यानाकर्षण

police

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर २८ र २९ का स्थानीयले शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आईतबार काठमाडौंको कालिकास्थानमा आयोजित अन्तरक्रियामा स्थानीयले सामुदायिक प्रहरी टोलटोलमा स्थापना भएपनि चोरीका घटना नियन्त्रण हुन नसकेको गुनासो गरेका हुन् ।

उनीहरुले जनताको प्रत्यक्ष सरोकार राख्ने खानेपानीको सुविधा, सडक मर्मत, फोहर संकलन, मनपरी ट्याक्सी भाडा लिने ट्याक्सी चालक तथा सडक दुर्घटनाका विषयमा गुनासो गरे । टोलवासीको सुरक्षाको लागि सिसि क्यामेरा राख्नुको साथै जेष्ठ नागरिकका बारेमा पनि विवरण संकलन गरि उनीहरुको स्थिति सार्वजनिक गर्न माग गरे । वडावासीले प्रहरी साझेदारी कार्यक्रमको क्षेत्राधिकार पनि स्पष्ट पार्न माग गरे ।

स्थानीयले बढ्दो सवारी दुर्घटना, सडकको दुरावस्था, मिटरमा जान नमान्ने ट्याक्सी चालकबाट पीडित बन्नुपरेको, दैनिक फोहर संकलन हुन नसक्दाको पीडा तथा स्वस्थ पिउने पानी लगायत विषयमा गुनासो गरेका थिए ।

कार्यक्रममा महानगरिय प्रहरी परिसर काठमाडौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले शान्ति सुरक्षा लगायत सार्वजनिक सरोकारका विषयमा संञ्चालिन कार्यक्रम प्रभावकारी बनाउन प्रहरीले विद्यालय, समुदाय र संघसंस्थासंग मिलेर काम गरिरहेको भन्दै सामुदायिक कार्यमा सहभागी बन्न सबैलाई आह्वान गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);