अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना: १ जनाकाे मृत्यु, २४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०७९, शुक्रबार

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना: १ जनाकाे मृत्यु, २४ जना घाइते

अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा साेही नगरपालिक वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

Leave a Reply