एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन

सुर्खेत । नेकपा एमाले मुगुले सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशन सुरु भएको एक सातापछि एमालेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । गत २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै पूर्णता पाएको छ । 

अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबलबहादुर रोकायाले जानकारी दिए । ‘सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो,’ उनले भने, ‘पार्टीमा आंकाक्षी धेरै रहेको भए पनि जिल्लामा एकरूपतामा जानुपर्छ भनेर सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);