प्रेस चौतारी नेपाल रुपन्देहीको सातौं अधिवेशन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रेस चौतारी नेपाल रुपन्देहीको सातौं अधिवेशन सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित भएकमा छन् । सोमबार आयोजित सातो अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो ।

अधिवेशनबाट उपाध्यक्ष बिपि गौतम, महिला उपाध्यक्षमा भगवति पाण्डे, सचिवमा केशव भण्डारी, सहसचिवद्वयमा दिपक न्यौपाने र रविन्द्र गुप्ता तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा टिका खरेल, विकास पराजुली, विष्णु घिमिरे, रमेश पराजुली, पोषकान्त पोखरेल, कृष्ण पाण्डे, अस्मिना पाण्डे, बिन्दु भट्टराई, वसन्तराज बराल, डिबी सुस्लिङ, नरेश चौधरी, रामबहादुर गुरुङ, विष्णु खत्री, छायाँ पन्थ आचार्य, सुमित्रा चापागाईं, मनु गुरुङ, शान्ति सुनार र मोहम्मद हविव चयन भएका छन् ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा शेरबहादुर केसी, कुलमणि ज्ञवाली, दिपेश पछाईं, टिका खरेल, विपि गौतमु माधव न्यौपाने, प्रकाश आचार्य, अमृता अनमोल, भगवति पाण्डे र निरु गौतम चयन भएका छन् ।

त्यस्तै प्रदेश प्रतिनिधिमा स्वस्तिक श्रेष्ठ, प्रकाश गौतम, मनिष पन्त, अरुण ज्ञवाली, कृष्ण खनाल, गोविन्द घर्ती, माव भुसाल, तिलोचन दाहाल, दिनेश श्रेष्ठ, आशिष सूर्यवंशी, दिपक न्यौपाने, अस्मिना पाण्डे, रिमा बिसी, बिन्दु भट्टराई, सुशीला पोखरेल र पवित्रा चौधरी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

अधिवेशनकै अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्ना सदस्य र निरन्तर पत्रकारितामा क्रियाशिल विभिन्न पत्रकारहरुको पुरस्कार दिने घोषणा गरेको छ । प्रेस चौतारीले प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीलाई अग्रज पत्रकारको रुपमा सम्मान गर्ने घोषणा गरेको छ । त्यस्तै सल्लाहकार डीआर घिमिरेलाई प्रेस चौतारी पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

त्यसैगरी निरन्तर पत्रकारितामा क्रियाशिल पत्रकारहरु बुटवलका दिनेश श्रेष्ठ, भैरहवाका शशि पन्थी र सैनामैना रुपन्देहीका टिका खरेल र विष्णु खत्रीलाई जनही १० हजारका दरले युवा पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने प्रेस चौतारी रुपन्देहीले जनाएको छ । त्यस्तै चौतारीले दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कार दिने घोषणा गरेको छ । पत्रकारहरु बुटवलका कृष्ण मल्ल, भैरहवाका अरुण ज्ञवाली र लुम्बिनीका विरेन्द्र मिश्रलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

त्यस्तै प्रेस चौतारीले संगठनका तदर्थ समितिका संयोजक बद्रिनाथ पाण्डे, पुर्व अध्यक्षहरु मोहन चापागाईं, शेरबहादुर केसी, भरत केसी, दिनेश पाण्डे र प्रदिप आचार्यलाई सम्मान गर्ने भएको छ । दिनेश पाण्डेको संयोजकत्वमा गठित मूल्यांकन समितिले पुरस्कार दिनेहरुको नाम छनोट गरेको हो । अधिवेशनको उदघाटन सत्रमा बोल्ने वक्ताहरुले व्यावसायिक पत्रकारिताको विकासमा प्रेस चौतारीले सबैभन्दा अग्रणी भूमिका खेलेको बताएका छन् ।

कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पत्रकारहरुको काँधमा चुनौती थपिएको भन्दै यो अवस्थामा प्रेस चौतारीको भूमिका बढेको बताए । पत्रकार महासंघमा गुमेको साख फर्काउने गरी प्रेस चौतारीले आफूलाई अगाडि बढाउनुपर्ने उनको सुझाव छ । प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसीले संगठनलाई बलियो र सशक्त बनाउनु नै आजको मुख्य चुनौती भएको भन्दै यस दिशातर्फ अगाडि बढ्ने गरी जिल्ला, प्रदेश र केन्द्रीय समिति अगाडि बढ्ने बताए ।

कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थी, जिल्ला सल्लाहकारहरु शेरबहादुर केसी, दिनेश पाण्डे, इन्दिरा अर्याल, जिल्ला अध्यक्ष अमृत गिरी, सचिव सम्झान शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कोभिड महामारीका कारण प्रेस चौतारीले जिल्ला अधिवेशन सीमित संख्यामा भौतिक उपस्थितिको साथमा भर्चुअल माध्यमबाट आयोजना गरेको थियो ।

अधिवेशनले व्यावसायिक पत्रकारिताको पक्षमा दृढतापुर्वक अघि बढ्ने अठोट व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकार महासंघलाई साझा थलोका रुपमा विकास गर्न, मिडिया विरोधी विधेयक खारेज गर्न, श्रमजीवि पत्रकार ऐन लागू गर्न लगायतका माग गर्दै विभिन्न प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि