प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बुधबार साँझ ४ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल र कानूनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी हुनेछन् ।

देउवा नेतृत्वमा गठबन्धन सरकार गठन भएको डेढ महिनाभन्दा बढी भईसक्दा पनि मन्त्रिपरिषद्ले भने पूर्णता पाउन सकेको छैन ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि गठबन्धन तथा शीर्ष नेताहरुको पटकपटक वार्ता भईरहेको भएपनि मन्त्रालयको बाँडफाँट मै सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);