Our Network

मंसिर २३ २०७८, बिहीबार

काेराेना संक्रमणबाट कांग्रेस नेता मण्डलकाे निधन

बारा, १६ कार्त्तिक । काेभिड-१९ काेराेना संक्रमणका कारण नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलकाे निधन भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका स्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको उपचारको क्रममा शनिबार राति निधन भएको हो । नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा शनिवार गरिएको परिक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको थियो ।

नारायणीले उपचार गर्न नसक्ने भए पछि गम्भीर अवस्थामा थप उपचारका लागि काठमाण्डौं लैजाने क्रममा बाटोमा नैं उनकाे निधन भएको नेपाली कांग्रेस बारा क्षेत्र नं.१ का सभापति विजयशंकर यादवले जानकारी दिनुभएको छ ।

मण्डलको निधन प्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसका नेता सुरेश कुमार खनाल, नेता शोभाकर पराजुली , महासमिति सदस्य पेमाशिद्धी लामा लगायतकाले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्नुभएको छ ।

Leave a Reply