सिद्धबावा नजिकै तिनाउ खाेलामा माेटरसाइकल खस्याे : दुई जना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिद्धबावा नजिकै तिनाउ खाेलामा माेटरसाइकल खस्याे : दुई जना गम्भीर घाइते

पाल्पा, १६ कार्तिक । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–३, माथिल्लो शिद्धबावा नजिकबाट मोटरसाइकल खस्दा दुई जना गम्भीर घाइते भएका छन् ।

शनिबार बेलुकी ७ बजे पाल्पाबाट बुटवलतर्फ गइरहेकाे लु ९ प ७१५६ नम्बरको मोटरसाइकल सडकदेखि २०० मीटर तल खस्दा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे ।

घाइते हुनेमा बगनासकाली गाउँपालिका–४, का मोटरसाइकल चालक २८ वर्षीय रुकबहादुर हिस्की र मोटरसाइकल पछाडि बस्ने तिनाउ गाउँपालिका वडा नं. ३ का १८ वर्षीय दानबहादुर लम्तरी गम्भीर घाइते हुनुभएको हो । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);