मुख्यमन्त्री पोखरेलको कुर्सी कसैले हल्लाउन सक्दैन : सन्तोष पाण्डे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मुख्यमन्त्री पोखरेलको कुर्सी कसैले हल्लाउन सक्दैन : सन्तोष पाण्डे

काठमाडौं, ३१ चैत । लुम्बिनी प्रदेशका जनता समाजवादीका सांसद सन्तोष पाण्डेले मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी कसैले पनि हल्लाउन नसक्ने दाबी गरेका छन् ।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध मोर्चाबन्दी चलिरहेका बेला पाण्डेको यस्तो प्रतिक्रिया आएको हो । लुम्बिनीमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन दौडधुप गरिरहेको छ । एमाले स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत समेत भइरहेको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपा एकै ठाउँ उभिएपनि हाल एमालेसँग रहेको सिट संख्या मात्र पु¥याउन सकिने सांसद पाण्डेले बताए । ‘कांग्रेसको १९, माओवादी केन्द्रको १७ र जसपाका ५ सांसद मिल्दा बल्ल एमालेको जति मात्र सिट संख्या पुग्छ, अनि कसरी ढल्छ सरकार ?’ – पाण्डेको प्रश्न छ ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइए जसपा सांसद कल्पना पाण्डेले हस्ताक्षर नगर्ने पनि पाण्डेको भनाई छ । उनले भने – ‘कल्पनाजीले सरकारको विपक्षमा हस्ताक्षर गर्नुहुन्न, उहाँ तत्कालीन राजपाको भएकाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्नु भन्ने केन्द्रको निर्देशन छ ।’ आफूहरुले अविश्वास प्रस्तावमा हस्ताक्षर नगर्ने समेत सन्तोषले बताए ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका ४१ जना सांसद् छन् । सरकार बनाउन ४३ सांसद् चाहिन्छ । प्रदेश सभामा सभामुखसहित माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । माओवादीले दुई जना सांसदलाई कारबाही गरेर सांसदबाट हटाइसकेको छ । रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रको संसदीय दलले कारबाही गरेको थियो ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);