धुलिखेल अस्पताल र बर्दिबास अस्पतालबीच सहकार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

धुलिखेल अस्पताल र बर्दिबास अस्पतालबीच सहकार्य

महोत्तरी। महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेकाे धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो ।

बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्री र नेता पोखरेललाइ बोलाएर सम्झौता गरेको छ ।
यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा. बिराज कर्माचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तर्क्रिया गराएका थिए ।बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गरिसकेको बताउँदै बुधबार औपचारिकता मात्र पूरा गरेको अस्पताल प्रशासनले जनाएको छ । धुलिखेल अस्पतालले सहकार्य सम्झौता गरेको बर्दिबास अस्पतालसहित देशैभरि १२ पुगेको छ । अस्पतालको सहकार्यमा दोलखाको एक अस्पताल अहिले उक्त जिल्लाको नमुना अस्पताल वनेको छ ।औपचारिक रूपमा सहकार्य सम्झौता भएसगै बर्दिबास अस्पतालको प्राविधिक व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको नेता पोखरेलले वताए ।

पाँच वर्षसम्म क्रियाशील रहने सम्झौतामा यथाशीघ्र आइसियु सञ्चालन गरिने पनि उल्लेख छ । आवश्यक पर्ने जनशक्ति र स्वास्थ्यकर्मीहरू अस्पताललाई प्रदान गरेर बर्दिबास अस्पताललाई सुविधासम्पन्न र गुणस्तरीय बनाउने विषयमा पनि सहकार्य गर्नेगरी दुवै पक्षबीच सम्झौता भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);