रुकुम पश्चिममा आइतबारदेखि ५–११ उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुकुम पश्चिममा आइतबारदेखि ५–११ उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाइँदै

रुकुम पश्चिम ।  रुकुम पश्चिममा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । आइतबारदेखि जिल्लाभरका ५–११ वर्ष उमेरका बालबालिकाका लागि कोभिड विरुद्धको फाइजर खोप अभियान सञ्चालन हुन लागेको छ ।

जिल्लाभर उक्त उमेर समूहका बालबालिकाको संख्या करिब २३ हजार रहेको जनाइएको छ । ती सबै बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

३ सय २५ वटा विद्यालयमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिइन् । खड्काका अनुसार जिल्लाका अधिकांश विद्यालयहरुमा खोप केन्द्र राखिएको छ । सबैको पायक पर्ने भएपछि विद्यालयमै राखेर खोप लगाउने बताइएको छ ।

खोपका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका संग सम्पर्क गर्न समेत आग्रह गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा एकैपटक खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । सञ्चालनअघि नेपालका २७ वटा जिल्लामा ५–११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाइएको थियो । अहिले बाँकी ५० वटा जिल्लामा खोप अभियान सञ्चालन हुने लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);